काठमाडौँ, अक्टोबर २८, २०२६ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई भारतीय महिलालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेमा ४६ वर्षीया शबाना बानु यार महम्मद शेख र ३५ वर्षीया शरिफ अब्बास अन्सारी छन्। ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको हो।






