काठमाडौँ, अक्टोबर १८, २०२६ — काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकमा आपसी विवादका क्रममा कुटपिट हुँदा २० वर्षीय युवकको मृत्यु भएको छ।
असोज ३१ गते राति करिब १२:१२ बजे सडकमा हिँडिरहेका दुई युवकबिच भनाभन भएपछि झगडा भएको थियो।
घटनामा संलग्न युवकहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९ मनमैजु बस्ने २० वर्षीय सुवास तामाङ रहेका छन्।
झगडाका क्रममा तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो करिब १:३० बजे उनको मृत्यु भएको हो।
घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको छ।






