सुनसरी, अक्टोबर २५, २०२६ — सुनसरीको केशलिया खोलानजिक आइतबार बिहान बोराभित्र फेला परेको शवको पहिचान भएको छ। मृतक भारतका ६५ वर्षीय लालजीप्रसाद गुप्ता रहेको खुलेको छ। उनी करिब ३० वर्षदेखि विराटनगरमा ब्याट्री पसल सञ्चालन गर्दै आएका थिए।
गुप्ताले मोरङको विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ चलाउँदै आएका थिए। उनको शव मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने पुलनजिक, बर्जु गाउँपालिका–२ को भीमपुरतर्फ खोलाको किनारमा भेटिएको थियो।






