काठमाडौं, अक्टोबर १४, २०२६ — प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका–४ मा दुई राउण्ड हवाई फायर गरेर ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको छ। उनी लागुऔषध खैरो हेरोइनको पटके कारोबारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले वीरगन्ज महानगरपालिका–३१ घर भएका मियाँलाई मंगलबार पक्राउ गरेको हो। शंकास्पद अवस्थामा भेटिएका उनलाई जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप हवाई फायर गरिएको ब्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए।






