काठमाडौं, अक्टोबर २६, २०२६ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल अपराह्न ४:३० बजे सुरु हुने तालिका छ।
नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी छन्। मंगलबारदेखि दैनिक दुई खेल सञ्चालन गर्ने तालिका छ।






