
खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने टिकटक भिडियो पोस्ट गरेको आरोपमा सिरहाको गोलबजारका २१ वर्षीय महमद आशिक अन्सारी पक्राउ परेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भारततर्फ जाँदै गरेका बर्दियाका दुई युवतीलाई मानव बेचबिखनको सम्भावित जोखिम र सुरक्षाबारे जाँचबुझ गर्न सशस्त्र प्रहरीले गड्डाचौकी सीमा नाकाबाट नियन्त्रणमा लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गर्दै विभेद अन्त्य र समृद्धिका लागि शुभकामना दिएका छन्।

रास्वपा सभापति रवि लामिछानेले मधेशका नागरिकको जीवनस्तर सुधार्नु पार्टीको पहिलो जिम्मेवारी भएको बताएका छन्। प्रतिबद्धता पूरा नभए आगामी निर्वाचनमा जनसमर्थन गुम्न सक्ने उनको चेतावनी छ।

काठमाडौंको ठमेलस्थित फायर चोक अगाडि मदिरा सेवन गरी होहल्ला र झैझगडा गरेको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

रास्वपा सभापति रवि लामिछानेले मधेशका नागरिकको जीवनस्तर सुधार्नु पार्टीको पहिलो जिम्मेवारी भएको बताएका छन्। प्रतिबद्धता पूरा नभए आगामी निर्वाचनमा जनसमर्थन गुम्न सक्ने उनको चेतावनी छ।

एमाले सचिव महेश बस्नेतले सरकारविरुद्ध आन्दोलन गर्न, अन्य दलसँग सहकार्य गर्न र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको पार्टी प्रतिनिधिमण्डललाई भ्रमणको उद्देश्यमा केन्द्रित रहन र आचारसंहिता पालना गर्न निर्देशन दिएका छन्।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्यसहित शुक्रबार रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

पश्चिमी वायुको आंशिक प्रभावले केही प्रदेशमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका केही स्थान र काठमाडौं उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ।

मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपात तथा तराईका क्षेत्रमा हुस्सु र कुहिरोको सम्भावना औँल्याएको छ।

चक्रवात अर्नबको अवशेष प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले भारी वर्षा, पहिरो र यातायात अवरोधप्रति सतर्क रहन आग्रह गरेको छ।