सिन्धुली, अक्टोबर २८, २०२६ — दसैँ मनाउन काठमाडौँबाट घर फर्कने क्रममा सिन्धुलीमा सुमो जिप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन यात्रुमध्ये दुई जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि फुर्कुटी र २२ वर्षीया अप्सरा राईको शव नदी किनारका फरक–फरक स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।






