पर्सा, अक्टोबर २७, २०२६ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको दाबी गर्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्सामा ५१ वर्षीय अशोककुमार वर्णवाल पक्राउ परेका छन्।
पोखरिया नगरपालिका–५ निवासी वर्णवालले आफू सुरक्षा निकायका कर्मचारीसँग राम्रो चिनजान भएको व्यक्ति भएको बताउँदै भन्सार छली तथा चोरी–तस्करीका सामान सजिलै पास गराइदिने आश्वासन दिने गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






