भक्तपुर, अक्टोबर २७, २०२६ — भक्तपुरको कौशलटारमा गुडिरहेको बसबाट एक्कासि धुवाँ निस्किएको छ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसबाट धुवाँ निस्किएको हो।

भक्तपुर, अक्टोबर २७, २०२६ — भक्तपुरको कौशलटारमा गुडिरहेको बसबाट एक्कासि धुवाँ निस्किएको छ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसबाट धुवाँ निस्किएको हो।
बसबाट धुवाँ निस्किनुको कारणबारे बुझ्ने प्रयास भइरहेको कार्कीले बताए। घटनाबारे थप विवरण प्राप्त भएको छैन।

सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर गोलबजारमा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।
२६-अक्टोबर-२०२६ ०१:४७ PM

कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरमा घरबाट ब्राउन सुगरजस्तो पदार्थ ९ ग्राम २४० मिलिग्राम र डिजिटल तौल मेसिन बरामद भएपछि २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी छन्।
२६-अक्टोबर-२०२६ ०१:३४ PM

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा ससुरालीमा धारिलो हतियार प्रहार हुँदा नइन्द्र कुमार राईकी श्रीमतीसहित चार जना घाइते भएका छन्। आरोपित पक्राउ परेका छन्।
२६-अक्टोबर-२०२६ १२:०२ PM

सुनसरीको केशलिया खोलानजिक बोराभित्र मृत फेला परेका व्यक्तिको पहिचान ६५ वर्षीय भारतीय नागरिक लालजीप्रसाद गुप्ताका रूपमा भएको छ। उनी विराटनगरमा लामो समयदेखि ब्याट्री पसल चलाउँथे।
२५-अक्टोबर-२०२६ ०५:२९ PM

सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा आइतबार बिहान बोराभित्र एक पुरुषको शव फेला परेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
२५-अक्टोबर-२०२६ ०१:४९ PM

दसैँका बेला काठमाडौं उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका निःशुल्क बस सेवाबाट सार्वजनिक यातायातको अभावबीच ३,५८५ यात्रु लाभान्वित भएका छन्।
२२-अक्टोबर-२०२६ ०३:३७ PM