गुल्मी, अक्टोबर २७, २०२६ — गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकबाट स्कार्पियो गाडी करिब २५० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना सोमबार अपराह्न करिब ४ बजे भएको प्रहरीले जनाएको छ।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो।






