कपिलवस्तु, अक्टोबर २६, २०२६ — कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरस्थित घरबाट ब्राउन सुगरजस्तो देखिने ९ ग्राम २४० मिलिग्राम खैरो धुलो पदार्थ बरामद भएपछि २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी छन्।
आफ्नै घरबाट लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचना पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गरेको थियो।






