गुल्मी, नोभेम्बर ४, २०२६ — गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।






