सुनसरी, नोभेम्बर २, २०२६ — सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा करिब २१० किलो गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।






