डोल्पा, नोभेम्बर ४, २०२६ — डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीमध्ये चार जना पक्राउ परेका छन् भने बाँकी चार जना अझै फरार छन्।
मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। बुधबार बिहान करिब ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या चार पुगेको हो।






