गुल्मी, अक्टोबर ७, २०२६ — गुल्मीको धुर्कोट गाउँपालिका–५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन्।
भण्डारी मंगलबार दिउँसो खेतमा पानी लगाउन गएका थिए। त्यसपछि सम्पर्कविहीन भएपछि आफन्त तथा छरछिमेकीले उनको खोजी गरेका थिए।
खोजीका क्रममा उनी बुधबार बिहान सिमलचौरस्थित आफ्नै खेतमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर भण्डारीको मृत्यु भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र विश्वकर्माले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।






