चितवन, नोभेम्बर ४, २०२६ — प्रहरीले चितवनका विभिन्न स्थानबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट भिरझिरे, खुर्सानी, चक्र र रकेटलगायतका ८० हजार ३७२ वटा पटाका तथा एक लाख ७२ हजार ३०० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।






