सिरहा, नोभेम्बर १, २०२६ — जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट भागेर फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहास्थित उनकै घरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो।






