मोरङ, नोभेम्बर ९, २०२६ — मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहारबाट एक पुरुषको मृत्यु भएको घटनामा मृतककी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ४० वर्षीय बुधराम सोरेन रहेका छन्। आइतबार राति करिब ९ बजे उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गरेको आरोप छ। सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।






