डोल्पा, नोभेम्बर ९, २०२६ — सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्। यससँगै पक्राउ पर्ने फरार कैदीबन्दीको संख्या छ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्।






