भर्जिनिया, अमेरिका, नोभेम्बर ६, २०२६ — नरेश भट्टले आफ्नी पत्नी ममता काफ्ले भट्टलाई शयनकक्षको भुइँमा मृत अवस्थामा फेला पारेपछि उनको शव टुक्रा पारेको बयान दिएका छन्। बिहीबार अदालतमा बयान दिँदै उनले शारीरिक शक्ति नपुगेपछि शव टुक्रा पार्ने काम रोकेको बताए।
हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा भट्टले सन् २०२४ जुलाई ३० को बिहान पत्नीको निर्जीव शरीर फेला पारेको बताए। उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता थियो। उक्त बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने शक्तिशाली कृषि विषादी सेल्फोसको प्रमाण रहेको उनले बताए।






