सिरहा, नोभेम्बर ७, २०२६ — सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न समयमा गरेको कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाजन्य सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ।






