दैलेख, नोभेम्बर ९, २०२६ — दैलेखको काफलतोलीमा जिप दुर्घटनामा परी घाइते भएका छ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। उनीहरूको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
मृत्यु हुनेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय चालक योगेश सिम्खडा र सोही गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेका छन्।






