धनगढी, नोभेम्बर १३, २०२६ — धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ७ बजे फूलबारीतर्फ गइरहेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०२००३ प ८१५५ नम्बरको स्कुटी ठोक्किएका थिए।






