इलाम, अक्टोबर २६, २०२६ — इलामको देउमाई नगरपालिका–१ चमैतामा सोमबार बिहान बोलेरो जिप सडकबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।






