काभ्रे, नोभेम्बर १२, २०२६ — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बस र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस आपसमा ठोकिएका हुन्।

काभ्रे, नोभेम्बर १२, २०२६ — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बस र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस आपसमा ठोकिएका हुन्।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पुर्याइएको छ। घाइतेमध्ये १६ जनाको शिर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले घाइतेहरूको संख्या र अस्पतालमा भइरहेको उपचारबारे जानकारी दिएका छन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दैलेखको काफलतोलीमा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य चार जनाको उपचार भइरहेको छ।
०९-नोभेम्बर-२०२६ ०६:११ PM

नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खस्दा चालकसहित तीन जनाको मृत्यु भएको छ।
०९-नोभेम्बर-२०२६ ०३:३८ PM

कालिकोटबाट बिरामीलाई सुर्खेत लैजाँदै गरेको जिप दैलेखमा सडकबाट करिब ३०० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्।
०९-नोभेम्बर-२०२६ १२:२७ PM

बैतडीको सौदानी खोलामा बुधबार साँझ जिप दुर्घटना हुँदा ३५ वर्षीय सुना मंगोलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित छ जना घाइते भएका छन्।
०५-नोभेम्बर-२०२६ ०९:५२ AM

चितवनको जलविरे लङ झरनानजिकै कार खोलामा खस्दा ४१ वर्षीय भारतीय नागरिक सयन्तन गाइनको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
०४-नोभेम्बर-२०२६ ०६:२५ PM

बझाङको केदारस्युँ गाउँपालिका–७ मा ब्रेक फेल भएको भनिएको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने पाँच गम्भीरसहित छ जना घाइते भएका छन्।
०४-नोभेम्बर-२०२६ ०२:०४ PM