चितवन, नोभेम्बर १२, २०२६ — चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्गमा अझै दुईतर्फी यातायात सञ्चालन हुन सकेको छैन। उक्त खण्डमा सवारीसाधनलाई पालैपालो एकतर्फी सञ्चालन गरिएको छ।
तीन दिनसम्म लगातार खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार दिउँसो १:४० बजेदेखि सडकमा आंशिक रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।






