नुवाकोट, नोभेम्बर ९, २०२६ — नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटना सोमबार बिहान भएको हो।
मृत्यु हुनेमा धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर नगरपालिका–१३ का ३१ वर्षीया बिन्दा थापामगर र २७ वर्षीया सुनिता थापामगर रहेका छन्।






