झापा, नोभेम्बर ५, २०२६ — झापामा जग्गा प्राप्तिका लागि भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारले निवेदन दर्ता गराएको भूमि समस्या समाधान समितिले जनाएको छ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ दुई हजार ८९६, भूमिहीन सुकुमवासीका तर्फबाट १५ हजार ७८३ र अव्यवस्थित बसोबासीका तर्फबाट ४१ हजार ८५१ परिवारको आवेदन परेको छ। आवेदन दिने समूहमा अव्यवस्थित बसोबासीको सङ्ख्या सबैभन्दा बढी छ।






