काठमाडौं, अक्टोबर २३, २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित तीनदिने निजी भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
लामिछाने दम्पती र रावल शुक्रबार बिहान काठमाडौंहँुदै धनगढी पुगेका थिए। त्यसपछि उनीहरू सीमापार गरी भारततर्फ लागेका हुन्।
लामिछानेको सचिवालयका अनुसार भ्रमण पूर्ण रूपमा व्यक्तिगत रहेको र परिवारसहित धार्मिक तीर्थयात्रामा केन्द्रित रहेको छ।
भ्रमणका क्रममा उनीहरूले उत्तराखण्डको नैनीताल जिल्लास्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।
लामिछानेको यो भ्रमण यसअघि जुन १ देखि ५ सम्म भएको भारत भ्रमणपछि हुन लागेको हो। उक्त भ्रमणका क्रममा उनले राजनीतिक छलफल गर्नुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसहितका उच्चस्तरीय भारतीय नेताहरूसँग भेट गरेका थिए।






