झापा, अक्टोबर २६, २०२६ — झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार साँझ टिपरमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।
आइतबार साँझ करिब ७:३० बजे जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने क्रममा अचानक विस्फोट भई आगलागी भएको थियो। घटनाका बेला ट्यांकीमा करिब ९ हजार ५०० लिटर लाइट डिजेल भण्डारण गरिएको थियो।






