अर्घाखाँची, नोभेम्बर ५, २०२६ — डिभिजन वन कार्यालय अर्घाखाँचीले संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक तस्बिर र भिडियो कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट निर्माण गरी सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
पछिल्लो समय एआई प्रयोग गरेर विभिन्न प्रकारका तस्बिर तथा भिडियो तयार पारेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेको भन्दै कार्यालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।






