न्यु साउथ वेल्स, अस्ट्रेलिया, सेप्टेम्बर १७, २०२६ — पश्चिमी सिड्नीको अबर्नमा गाडीको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएपछि नेपाली युवक सन्दीप अधिकारीविरुद्ध लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा मुद्दा दायर भएको छ।
२७ वर्षीय अधिकारीले सेप्टेम्बर १५ मंगलबार दिउँसो करिब २ बजे नर्मनबी रोडस्थित घरको ड्राइवेमा गाडी प्रवेश गराउने क्रममा बालिकालाई ठक्कर दिएको आरोप छ। गम्भीर अवस्थामा उनलाई वेस्टमिड अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको थियो।






