न्यु साउथ वेल्स, अस्ट्रेलिया, अक्टोबर ३, २०२६ — अस्ट्रेलियाको न्यूक्यासलमा शनिबार बिहान कारले न्यूक्यासल नाइट्सका समर्थकको भीडलाई ठक्कर दिँदा तीन बालबालिकासहित १० जना घाइते भएका छन्।
एनआरएलको ग्रान्ड फाइनलअघि न्यूक्यासल नाइट्सको टोली बसलाई बिदाइ गर्न समर्थकहरू वाल्सेन्डस्थित न्यूक्यासल लिंक रोडमा भेला भएका थिए। बिहान करिब ९ः३० बजे ट्रान्सफिल्ड ड्राइभको राउन्डअबाउटमा कारले भीडलाई ठक्कर दिएपछि आपत्कालीन सेवाका टोली बोलाइएको थियो।






