काठमाडौं, १७ नोभेम्बर २०२६ — जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा रहेका छन्। उनलाई आइतबार प्रहरी प्रभाग कोटेश्वरको टोलीले जडिबुटीबाट नियन्त्रणमा लिएको हो।






