दुबई, युएई, १७ नोभेम्बर २०२६ — गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन्।
पाँचौँ विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गुरुङले सोमबार सम्मेलनको साइडलाइनमा आफ्ना समकक्षीसँग छलफल गरेका हुन्। भेटवार्तामा सम्मेलनमा सहभागी अन्य देशका मन्त्री तथा प्रतिनिधिहरू पनि उपस्थित थिए।






