सप्तरी, १७ नोभेम्बर २०२६ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय रूपमा गराउनुपर्ने बताएका छन्। दलीय प्रतिस्पर्धाले स्थानीय मुद्दालाई ओझेलमा पार्ने र निर्वाचन खर्च बढाउने उनको भनाइ छ।
सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ स्थित बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थबाट मुक्त राखेर जनसेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा राखे।






