पोखरा, नोभेम्बर १७, २०२६ — पोखराको लेकसाइडस्थित लेभल्स क्लबअगाडि देउसीभैलो हेर्ने क्रममा युवाहरूबीच भएको झगडा र कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।






