चितवन, ११ सेप्टेम्बर २०२६ — चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
आगलागीको सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।
आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।






