सिरहा, सेप्टेम्बर २०, २०२६ — ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले करिब २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले बताएका छन्।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्लाको ललमनियाँ थाना क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालक हुन्।






