चितवन, नोभेम्बर ६, २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रलाई सुरक्षित राख्न तत्कालीन उपाय र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नारायणी नदी किनारमा भएको क्षतिको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको ज्यान, बजारको अस्तित्व र ऐतिहासिक महत्त्व तथा व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए।






