चितवन, सेप्टेम्बर २८, २०२६ — चार दिनदेखि लगातार परेको वर्षापछि बढेको नारायणी नदीले बगाएर नारायणी पुलको गैँडाकोटतर्फको भागनजिक अड्किएको राइनो क्रुज सिप हटाउने तयारी सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नदीको बहाव बढिरहेका बेला क्रुज पुलको पिल्लरसँग ठोक्किएर पुलनजिकै अड्किएको हो।






