कञ्चनपुर, अक्टोबर २६, २०२६ — कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।






