काठमाडौं, अक्टोबर ३०, २०२६ — २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।

काठमाडौं, अक्टोबर ३०, २०२६ — २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी खेल्ने र खेलाउने तथा अवैध रूपमा ठूलो परिमाणमा क्रिप्टो कारोबार भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा यादवलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको छ।
अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको छ। प्रारम्भिक जानकारीमा ग्यास पल्टिएर आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ। मानवीय क्षति भएको छैन।
३०-अक्टोबर-२०२६ ०३:१६ PM

नक्कली टिकटक आईडी बनाएर स्थानीय व्यक्तिका फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहाबाट २३ वर्षीय सञ्जयकुमार यादव पक्राउ परेका छन्।
३०-अक्टोबर-२०२६ ११:२० AM

महिलालाई लक्षित धम्की भएको भनिएको अडियोबारे रास्वपाको छानबिन चलिरहेका बेला सांसद खगेन्द्र सुनार निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी संसदीय उपसमिति बैठकमा अनुपस्थित भएका छन्।
२९-अक्टोबर-२०२६ ०२:१९ PM

सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद भएको छ।
२९-अक्टोबर-२०२६ १२:२६ PM

कास्कीमा मदिरा सेवनका क्रममा सुरु भएको विवाद र त्यसपछिको झडपपछि २२ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
२९-अक्टोबर-२०२६ ०८:१६ AM

सिन्धुलीमा सुमो जिप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन यात्रुमध्ये दुई जनाको शव फेला परेको छ। अर्का यात्रुको खोजी नेपाल प्रहरी र सशस्त्र प्रहरीले जारी राखेका छन्।
२८-अक्टोबर-२०२६ १०:२० AM