सप्तरी, अगस्ट २३, २०२६ — शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी मोहम्मद इर्फाकी दुई वर्षीया छोरी मृत अवस्थामा फेला परेकी छन्।
उनी आज बिहानदेखि बेपत्ता थिइन्। बेपत्ता भएको जानकारी पाएलगत्तै परिवारले प्रहरीसम्म पुगेका थिए।
परिवारका अनुसार बालिका बिहानसम्म घरमा खेलिरहेकी थिइन्। बेपत्ता भएपछि खोजतलास सुरु गरिएको थियो र घरबाट करिब ६० मिटर पछाडिको झाडीमा उनको शव फेला परेको हो।
प्रहरीले बालिकाको मृत्युको कारणबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।






