कपिलवस्तु, अक्टोबर ३०, २०२६ — कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट प्रहरीले २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्यका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरेको छ।
बिहीबार इलाका प्रहरी कार्यालय कृष्णनगरको पाँच सदस्यीय टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए।






