मुस्ताङ, अक्टोबर २९, २०२६ — हिमाली जिल्ला मुस्ताङमा यस वर्ष सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। यसको मूल्य एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबर रहेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा रहेको ६६२ हेक्टर क्षेत्रफलमा उक्त परिमाणको स्याउ उत्पादन भएको हो।






