तनहुँ, अक्टोबर २६, २०२६ — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधिमूलका ४५ महिलाले यस वर्षको तिहारमा १० लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखेका छन्। उनीहरूले व्यावसायिक फूलखेती विस्तार गरी ४५ रोपनी क्षेत्रफलमा पुर्याएका छन्।
समूहले गत वर्ष ९ लाख रुपैयाँको फूल बिक्री गरेको थियो। यस वर्ष खेतबारीमा सयपत्री फुलेसँगै महिलाहरू फूल टिप्ने, बिक्रीका लागि तयार पार्ने र भण्डारण गर्ने काममा व्यस्त छन्।






