सिरहा, नोभेम्बर १९, २०२६ — सिरहाको गोलबजारमा प्रहरीले ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव रहेका छन्।






