सिरहा, नोभेम्बर १९, २०२६ — सिरहाको मिर्चैयामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ। प्रहरीले दुर्घटनामा संलग्न भएको आशंका गरिएको टिपर पनि नियन्त्रणमा लिएको छ।
कात्तिक २० गते राति करिब १०ः५० बजे मिर्चैया नगरपालिका–६ स्थित भोला बाबा पेट्रोल पम्प नजिक मोटरसाइकल र अर्को सवारीसाधन ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक सुरज कुमार साह घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो।






