काठमाडौं, ८ सेप्टेम्बर २०२६ — जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रममा एक युवतीले आत्मदाह प्रयास गरेपछि उनको उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
मंगलबार साँझ आत्मदाह प्रयास गर्ने युवती गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेत रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बस्नेतले शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी थिइन्।
घटनालगत्तै प्रहरी र घटनास्थलमा रहेका अन्य व्यक्तिले उनको उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याएका थिए।
घटनाको परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






